ॠतिक रोशनको नयाँ फिल्म ‘काबिल’ आउँदो जनवरी २६ बाट सार्वजनिक हुँदैछ। तर फिल्म रिलिज अघि नै डोमेस्टिक र ओभरसिज राइटका लागि ६५ करोडमा बिक्री भएको छ।
अरु फिल्मको तुलनामा सस्तो मोलमा बेचिए पनि फिल्मले व्यवसायिक पाटोलाई बलियो बनाउने देखिन्छ। जसले गर्दा फिल्मसँग जोडिएका सबैलाई फाइदा हुन्छ। किनकी फिल्म कम बजेटमा बनाएको बलिउड हंगामाले जनाएको छ।
संजय गुप्ता निर्देशित फिल्म बिक्री वितरण सुरु भएसँगै फिल्म युनिटले सोचे भन्दा राम्रो रेस्पोन्स पाएको छ। फिल्मलाई फिल्मको अफिसियल डिस्टृब्युटर फिल्म क्राफ्टले डमेस्टिक थियटर राइटलाई ५० करोड र ओभरसिजका लागि १५ करोडमा बेचेको हो।
फिल्मले अब १०० करोड माथीको व्यवसाय गरे फिल्म फाइदामा जाने जनाइको छ।