मोस्ट अवेटेड फिल्म ‘बाहुबली’ मा एक्टर प्रभासकी आमा महारानी देवसेनाको भुमिका निर्वाह गरेकी एक्ट्रेस अनुष्का शेट्टी ३५ बर्षकी भएकी छिन् । ७ नोभेम्बर, १९८१ मा मेंगलोर, कर्नाटकमा जन्मिएकी अनुष्काले २००५ मा तेलुगु फिल्म सुपरबाट डेव्यू गरेकी थिइन् । त्यसपछि उनले साउथका धेरै चलचित्रमा काम गरिन् ।
फिल्म बाहुबलीमा ब्राउन कलरको साडी, विग्रिएको कपाल र सिक्रिमा बाँधिएकी देवसेना रियल लाइफमा भने निकै ग्ल्यामरस छिन् । कयौ तमिल र तेलुगु फिल्मको हिस्सा बनिसकेकी अनुष्काको असली नाम स्वीटी शेट्टी हो ।
३५ बर्षकी अनुष्काले बाहुबलीका अलवा अलावा विक्रमरकुडु (2006), ‘डन’ (2007), ‘किंग’ (2008), ‘शौर्यम’ (2008), ‘बिल्ला’ (2009), अरुंधति (2009), ‘रगड़ा’ (2010), वेदम (2010), रुद्रमादेवी (2015) र सिंघम-2 लगायत ३० वटा भन्दा भन्दा बढी चलचित्रमा काम गरेकी छिन् ।