बलिउडकी नायिका श्रीदेवीको जन्म १३ अगष्ट १९६३ मा तमिलनाडुको एक सानो गाउँ मीनवपट्टीमा भएको थियो । श्रीदेवीले चार वर्षको उमेरमा एक तमिल फिल्ममा अभिनय गरेकी थिइन ।
उनले आफ्नो करिअरको सुरुवात भने १९७६ मा आएको तमिल फिल्म ‘मुंदरु मुदिची’बाट गरेकी हुन् । उनले आफ्नो तीन दशक लामो करिअरमा लगभग २०० फिल्ममा काम गरिन् ।
हिन्दी फिल्मकी नायिकाका रुपमा उनको करिअरको सुरुवात १९७९ मा फिल्म ‘सोलहवा सावन’बाट भएको हो । तर, उनलाई सफलता मिलेन । १९८३ मा श्रीदेवीले एक पटक फेरि फिल्म ‘हिम्मतवाला’मार्फत बलिउडमा कदम राखिन् । यसपछि उनलाई पछि फर्केर हेर्नु परेन् ।
८० र ९० को दशकमा बलिउडमा श्रीदेवीको जादू यस्तो चल्यो उनीबाट केवल हिरोइन मात्र होइन्, हिरो पनि असुरक्षाको अनुभव गर्थे ।
बलिउडमा नायकलाई नायिकाभन्दा सदैव बढी पारिश्रमिक मिल्छ । तर, ८० र ९० को दशकमा निर्माता र निर्देशकहरु श्रीदेवीलाई फिल्म हिट गराउने सबैभन्दा ठूलो फर्मुला मान्थे । यही कारण श्रीदेवी यस्ती नायिका थिइन्, जसले सबैभन्दा पहिला एक करोड पारिश्रमिक पाएकी थिइन ।
आजभोलि बलिउडमा सलमान खानको नाम सुपरस्टारका रुपमा लिइने गर्छ । तर, एक समय यस्तो थियो जतिबेला सलमान स्वयं पनि श्रीदेवीसँग काम गर्न डराउथे । एक अन्तर्वार्तामा सलमान स्वयंमले भनेका छन् कि उनलाई श्रीदेवीसँग काम गर्न डर लाग्थ्यो । कारण यो थियो कि फिल्ममा एकल श्रीदेवीलाई मात्र दर्शक हेर्थे, अर्को कलाकारको कुनै भाउ हुँदैन्थ्यो ।