बलिउडका सुल्तान सलमान खान नयाँ अभिनेत्रीहरुलाई ब्रेक दिन सधै तयार रहन्छन् । धेरै न्युकमरहरुलाई उनले आफ्नो फिल्ममा लन्च समेत गरिसकेका छन् । सलमानका कारण कटरीना कैफ, डेजी शाह, सोमा अली, सोनाक्षी सिन्हा र अतिया सेट्टीलाई बलिउडमा सानदार इन्ट्री मिलेको छ ।
हाल यस्तै एक अभिनेत्री सलमान खानको घरतर्फ कदम बढाइ रहेकी छिन् । डेक्कल क्रोनिकल खबरका अनुसार सलमान खानको घर नजिक एक मोडल तथा एक्ट्रेसलाई देखिएको छ ।
यी अभिनेत्री हुन् फिल्म ‘सनम रे’ की अभिनेत्री उर्वशी रौतेला । उर्वशीलाई हालसम्म बलिउडमा कुनै ठुलो ब्रेक मिलेको छैन । जसका कारण उनी सलमान खानको मदत लिन चाहान्छिन् । यसैले उनी सलमान खानको घरको चक्कर काटिरहेकी छिन् ।
सलमान खान र उनकी गलफ्रेण्ड युलिया वन्तरसँग मनमुटाब भएको खबर पनि बाहिर आएको थियो । तर, हाल उनीहरुको कुरा मिलीसकेको र युलिया रोमानिया फर्किएको बताइएको छ ।