बलिउड अभिनेत्री कटरीना कैफ यतिखेर फेरी चर्चामा रहेकी छिन् । मुकेश अम्बानीका छोरा अकाश अम्बानीसँग कटरीना डेट गरिरहेकी छिन् । उनीभन्दा आकाश अम्बानी ८ वर्ष कान्छा छन् । उनीहरुलाई हाल अमिताभ बच्चनको दीपावली पार्टीमा सँगै देखिएको थिए ।
केही मिडियाका अनुसार रनवीर कपुरसँग ब्रेकअप पश्चात कटरीना अकाशसँग नजिकिएकी छिन् । आकाश र कटरीना धेरै समय सँगै समेत बिताउने गरेको बताइएको छ ।
यस अघि रनवीर र कटरीनाको रिलेशन धेरै वर्षसम्म चलेको थियो । उनीहरुको सम्बन्ध एकाएक बिग्रिए पछि उनीहरुले छुट्टिने निर्णय लिएका थिए । लिविङ टुगेदर रिलेशनमा रहेका रनवीर र कटरीनाको सम्बन्ध सकिएको छ भने उनीहरु आफ्नो आफ्नो बाटो लागिसकेका छन् । आकाशसँगको सम्बन्धबारे कटरीनाले केही बताएकी छैनन् ।