नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । प्रचण्ड देशको ३९औँ प्रधानमन्त्री बनेका छन् । उनी दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
संविधानको धारा २९८ को उपधारा ३ र संसद् नियमावलीको नियम ४९ को उपनियम ५ बमोजिम प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । संसद्को सबैभन्दा ठूलो दल कांग्रेस प्रस्ताव र अन्य १६ दल तथा एक स्वतन्त्र सांसदसहितको समर्थनमा प्रचण्ड एक्ला उम्मेदवार थिए ।
प्रचण्ड ३१ साउन ०६५ मा पहिलोपटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । त्यतिवेला उनले नौ महिना सरकारको नेतृत्व गरेका थिए । आठ वर्षपछि उनी दोस्रोपटक प्रधानमन्त्री निर्वाचित भएका हुन् । -नयाँ पत्रिकाबाट