५ बर्ष लामो जेल जीवन विताएर केही महिना अगाडी मात्र रिहा भएका बलीउड अभिनेता सञ्जय दत्त अहिले आफ्नो परिवारसँग सम्पुर्ण समय विताउँदै आएका छन् । ५ बर्ष जेलमा रहँदा सबै चौपट भएपछि अहिले सञ्जय पारिवारिक माहोल मिलाउँदै छन् भने चाँडै नयाँ चलचित्रमा काम पनि गर्दैछन् । २९ जुलाईमा ५७ औं जन्मदिन मनाएका सञ्जय दत्त केही दिन अगाडीसम्म आफ्नो भविष्यलाई लिएर चिन्तित भएका थिए । तर उनको यो चिन्तालाई ज्योतिषीले हल गरिदिएका छन् । उनले हालै एक ज्योतिषीसँग सल्लाह लिएको भारतीय मिडियाहरुले बताएका छन् । ज्योतिषीले अब सञ्जयको जीवनमा राम्रै हुँदै जाने बताएका छन् । ज्योतिषीले सञ्जयलाई अब व्यापारमा र चलचित्रमा राम्रो हुने बताएका भारतीय रिपोटर्सले जानकारी दिएका छन् । ज्योतिषीले सञ्जयलाई स्वाथ्यमा चाहिँ समस्या आउने पनि बताएका छन् ।