‘किङ्कङ्को’ कथामा आधारित हलिउड एक्सन एडभेन्चर फिल्म ‘कङ्ः स्कल आइल्यान्ड’ को पहिलो ट्रेलर रिलिज भएको छ । ‘किङ्कङ्’ श्रृखंलाका अन्य भागभन्दा यो फिल्म अझ भव्य बनाइएको ट्रेलर हेर्दा अनुमान लगाउन सकिन्छ । जोर्डन भोग्ट रोबर्टसले निर्देशन गरेको फिल्ममा टम हेडेल्स्टोन, ब्रेइ लार्सन, स्यामुयल एल ज्याक्सन। जेसन मिचेल आदिको मुख्य अभिनय रहेको छ। यो फिल्म २०१७ को मार्च १० मा रिलिज हुँदैछ ।