केही दिनदेखी नेपाली मिडियाहरुमा एउटा कुराले राम्रै स्थान पाइरहेको थियो त्यो हो नायक शिव श्रेष्ठलाई अमेरिकाले भिषा दिन अस्वीकार गरेको खबर । अमेरिकाको कोलोराडोमा नोभेम्बर १२ मा आयोजना हुन लागेको ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागी हुनका लागी शिव श्रेष्ठले अमेरिकी दुतावासमा भिषाका लागी आवेदन दिएका थिए तर अमेरिकी सरकारले उनलाई भिषा दिन अस्वीकार गरेको खबर केही दिन अगाडी नेपाली मिडियाहरुमा निकै भाइरल भएको थियो ।
यतिसम्मकी शिव श्रेष्ठ आफैले ‘भिषा दिने काम आफ्नो नभएको’ भन्दै यो कुरालाई थप स्पष्ट पारेका थिए । तर मंगलबार उनी उक्त अवार्डमा भाग लिनका लागी अमेरिका प्रस्थान गरेका छन् । खबरका अनुसार पहिलो पटक अमेरिकाले भिषा दिन अस्वीकार गरेपछि उनले पुनः भिषाका लागी आवेदन दिएको खबर छ । आखिर सत्यता के हो त्यो भने उनैलाई थाहा होला । उक्त अवार्डमा भाग लिनका लागी शिव श्रेष्ठका अलवा भुवन के सी, कृष्ण मल्ल, शर्मिला मल्ल, सुनिल थापा, बसुन्धरा भुसाल, शम्भुजित बासकोटा, स्वेता खड्का, असिस्मा नकर्मी, मधु श्रेष्ठ, आर पी पन्त, राम केसर बोगटी, महादेब त्रिपाठि, गेहेन्द्र धिमाल मंगलबार अमेरिका प्रस्थान गरिसकेका छन् ।
त्यस्तै अवार्डमा गायक कर्मा शेर्पा, राज बल्लभ कोइराला, नन्दिता केसी, नारायण त्रिपाठी, युना उप्रेती, नारायण पुरी, सूर्य बोहरा लगायत सहभागी हुने बताइएको छ ।