बिपाशा बसुले आफ्नो प्रेग्नेन्सीको खबर झुटो रहेको बताएकी छिन् । उनले बताएकी छन् कि उनी आउने केही समयसम्म आमा बन्ने कुनै सोचमा छैनन् । केही दिनदेखी भारतीय मिडियाहरुमा यो खबर भाइरल भएको थियो कि बिपाशा प्रेग्नेन्ट छिन् र चाँडै आमा बन्दैछिन् । यो खबरले तब मात्र चर्चा पाएको थियो तब मिडियाले करण सिंह ग्रोवर र बिपाशा बसु लेडी डाक्टर कहाँ सल्लाह गर्न पुगेका थिए । गाइनोकोलजिस्टसँग जानुको विषयमा सोधिएको प्रश्नमा विपशाले बारम्बार बोल्न मानिरहेकी थिइनन् ।
एक इन्टरव्यूमा बिपाशाले भनिन्, ‘यो मेरो जिन्दगीको महत्वपूर्ण फैसला हो । म मानिस, मिडियासँग अपिल गर्न चाहन्छु कि यो निर्णय हामीलाई नै छोडिदिनुहोस् र आमा बन्ने निर्णय मलाई लिन दिनुहोस् । जो व्यक्ति मेरो प्रेग्नेन्सीको विषयलाई लिएर गलत हल्लाहरु फैलाइरहेका छन् उनीहरुले यो बुझ्न आबश्यक छ कि म आमा बन्न लागेको कुरामा कुनै सत्यता छैन ।’