नायक भुवन केसी र नायक राजेश हमाल एक समयका प्रतिस्पर्धी हिरो हुन् । उमेरले पनि यि दुई हिरोको खासै अन्तर छैन तर भुवन केसीका छोरा अनमोल केसी अहिलेका सुपरस्टार नायक हुन् तर राजेश हमालले किन अहिलेसम्म बच्चाको तयारी नगरेका होलान् भन्ने प्रश्नहरु अहिले चौतर्फी आउन थालिरहेको छ । विवाह गरेको ३ बर्ष नाघिसक्दा पनि अहिलेसम्म राजेश हमाल बच्चा जन्माउने सुरसारमा देखिन्नन् । केही समय अगाडी खबर आएको थियो कि श्रीमती मधु भट्टराई बच्चा जन्माउने मनसायमा भएपनि राजेश हमाल त्यसका लागी तयार नभएको भन्ने तर यो कुरालाई हमाल जोडी स्वीकार गर्दैनन् । यो विषयमा हमाल भन्छन्, ‘हामी सोच्दैछौ अब चाहिँ बच्चा जन्माउनु पर्छ कि भनेर । तर बच्चा जन्माउन मैले अस्वीकार गरेको भन्ने खबर चाहिँ गलत हो ।’
अन्तराष्ट्रिय कलाकार समाजले आयोजना गरेको चौँथो इनास फिल्म अवार्डमा सहभागिता जनाउन सिक्किम पुगेको हमाल दाम्पत्यलाई बच्चाको विषयमा पत्रकारले प्रश्न गर्दा हमालले श्रीमती मधु तिर हेर्दै सोधे, ‘के को हतार । मेरो कलकलाउँदो जवानी छ नी हैन ?’ उनले सोहि क्रममा आफु तीन हुने कोशिस गरिरहेको पनि बताए ।