७ बर्षपछि अमेरिकाबाट नेपाल फर्किएकी नायिका रञ्जना शर्मा अहिले नेपालमा छिन् । यस बर्षको दशैं र तिहार मान्न नेपाल आएकी रञ्जना केही महिना अझ नेपालमा नै रहने तयारीमा छिन् । नेपालमा रहँदा उनी केही म्यूजिक भिडियोमा पनि काम गर्दैछिन् । अहिले पारिवारिक भेटघाटमा व्यस्त नायिका रञ्जनाले आफुलाइ एक समयकी हट नायिका भनेर दर्शकहरुले चिन्दा खुसी लाग्ने बताइन् । एक अन्तर्वार्ताको दौडाहामा उनले भनिन्, ‘मलाई धेरै निर्माताहरुले बिपाशा बसु जस्तो फिगर भनेर पनि भन्नु हुन्थ्यो, त्यसैले पनि मैले केही म्यूजिक भिडियो र चलचित्रमा हट सीन पनि दिएकी थिएँ । धेरैले मलाई त्यस्ता दृश्यहरु सुहाउँछ भनेर पनि भन्नु हुन्थ्यो ।’
उनले आफु अभिनित म्यूजिक भिडियो ‘रेली खोला बगर’ मा सेक्स ड्रेस लगाउँदा खासै राम्रो नदेखिएको पनि बताइन् ।
उनले आफ्नो पहिलो बेडसिन ‘मौसम’ चलचित्रमा आर्यन सिग्देलसँग भएको बताउँदै अगाडी भनिन्, ‘मलाई बेडसिन दिन कुनै अफ्ठ्यारो लाग्दैन थियो । चलचित्रको कथाले माग्यो भने म बेडसिन दिन्थें ।’
उनले हिजोको दिनमा आफु स्टोरीमा फोकश नभएर रहरले चलचित्रमा काम गरेको बताइन् । उनले अबका दिनमा स्टोरी, टीम, व्यानर हेरेर मात्र चलचित्रमा काम गर्ने बताएकी छिन् ।
उनले आफु शरीर मेन्टेनमा अल्छी रहेको बताउँदै अगाडी थपिन्, ‘म धेरै खान्छु र शरीर मेन्टेल गर्न अल्छी लाग्छ । म अमेरिकाबाट नेपाल आउँदा जिरो फिगर गरेर आउँछु भनेको थिएँ तर गर्न सकिन् ।’
उनले नेपाल बसाईको क्रममा केही चलचित्र र म्यूजिक भिडियोमा काम गर्ने पनि बताइन् । ५ बर्ष अघि निर्देशक श्रीमान श्याम भट्टराईसँगको बैबाहिक सम्बन्ध तोडेर रञ्जना अमेरिका हान्निएकी थिइन् । टेलिचलचित्र ‘गहना’ वाट अभिनय सुरु गरेकी रञ्जनाले ‘मौसम’, ‘मर्यादा’, ‘कन्यादान’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् भने केही म्युजिक भिडियो र विज्ञापनमा समेत काम गरिसकेकी छिन् । श्याम भट्टराईसँगको बैबाहिक सम्बन्ध तोडेपछि रञ्जना अहिले सिंगल छिन् ।