बलिउड अभिनेत्री सन्नी लियोनले एउटा आइटम गीतमा नाचेको ४० लाख लिएकी छिन्। फिल्म ‘डोङ्रीका राजा’ को ‘ब्लकबास्टर चोली’ बोलको गीतमा देखिएकी सन्नीले सो रकम लिएकी हुन्।
लियोनको नृत्य रहेको सो गीतले युट्युबमा करिब ४० लाख हिट्स बटुलेको छ। आइटम गीतमा ममता शर्मा र शिभाङ्गी भएनाको स्वर रहेको छ। गीतको भिडियोबाट निर्माण पक्षले कुनै पनि सट नकाट्न सेन्सर बोर्डलाई आग्रह गरेको बलिउड हंगामाले जनाएको छ।
फिल्मको ुचोलीु बोलको आइटम गीत नै हाइलाइट भएको छ। सन्नी लियोनको डान्स नै फिल्म प्रचारको मुख्य हतियार भएको निर्माण पक्षको विश्वास छ। फिल्म डोङ्रीका राजा भोलि सार्वजनिक हुँदैछ।
डोङ्रीको राजाको प्रेमकथा समेटिएको फिल्मलाई हदी अलि अब्ररले निर्देशन गरेका हुन्। फिल्ममा रोनित रोए, ऋचा सिंहा र गश्मिर महाजानीको मुख्य भूमिका रहेको छ।