हालै खबर सार्वजनिक भएको थियो कि अक्षयकुमारले आफ्नो पारिश्रमिक ४५ करोड पु¥याए । उसो त कमै मानिसहरुलाई मात्र थाहा छ, कमाइमा अक्षयकुमार सलमान खानभन्दा अगाडि छन् ।
मिडिया रिपोर्टहरुकाअनुसार अक्षयकुमार हरेक दिन ५७ लाख रुपैयाँ कमाउँछन् । जबकी सलमान खानको कमाइ प्रतिदिन ५२ लाख रुपैयाँ रहेको छ । अक्षयको वार्षिक कमाइ २१० करोड भारतीय रुपैयाँ रहेको छ भने सलमानको १९० करोड भारतीय रुपैयाँ कमाउँछन् ।
अक्षयकुमार अभिनयसँगै कयौ ब्राण्डका एन्डोर्स पनि गर्छन् । साथै उनको आफ्नै प्रोडक्सन हाउस पनि छ । उनी पारिश्रमिकसँगसँगै हरेक फिल्मबाट फाइदाको हिस्सा समेत लिन्छन् । सलमान खान भने फिल्म, एन्डोर्समेण्टका साथसाथै उनको आफ्नो संस्था वीइङ ह्युमनबाट पनि पैसा कमाउँछन् । यसका अलावा उनले पनि आफ्नै प्रोडक्सन हाउस खोलिसकेका छन् ।
१. शाहरुख खान
दैनिक कमाइ औसत : ६० लाख । शाहरुख खान फिल्म, अवार्ड शो र कार्यक्रम प्रस्तुती, लाइभ कन्सर्ट, ब्राण्ड एन्डोर्समेण्ड र टेलिभिजनबाट कमाइ गर्छन् ।
२. अक्षयकुमार
दैनिक कमाइ औसत : ५७ लाख भारतीय रुपैयाँ
३. सलमान खान
दैनिक कमाइ औसत : ५२ लाख
४. अमिताभ बच्चन
दैनिक कमाइ औसत : ३७ लाख । अमिताभ बच्चन फिल्म, अवार्ड शो र कार्यक्रममा प्रस्तुती, लाइभ कन्सर्ट, ब्राण्ड एन्डोर्समेण्ट र टेलिभिजनबाट कमाउँछन् ।
५. रणवीर कपुर
दैनिक कमाइ औसत : २७ लाख । रणवीर कपुर फिल्म, अवार्ड शो, कार्यक्रममा प्रस्तुती, लाइभ कन्सर्ट र ब्राण्ड एन्डोर्समेण्टबाट पैसा कमाउँछन् ।
६. करिना कपुर
दैनिक कमाइ औसत : २० लाख । करिना फिल्म, अवार्ड शो र कार्यक्रममा प्रस्तुती, लाइभ कन्सर्ट र ब्राण्ड इन्डोर्समेण्टबाट उक्त रकम कमाउँछिन् ।
७. प्रियंका चोपडा
दैनिक कमाइ औसत : २० लाख । बलिउड र हलिउड फिल्म, अवार्ड शो र कार्यक्रममा प्रस्तुती, लाइभ कन्सर्ट, प्रोडक्सन हाउस, ब्राण्ड एन्डोर्समेण्ट र टेलिभिजनबाट पैसा कमाउछिन्, प्रियंका ।
८. दीपिका पादुकोण
दैनिक कमाइ औसत : १८ लाख । दीपिका पादुकोण बलिउड र हिलिउड फिल्म, अवार्ड शो र कार्यक्रममा प्रस्तुती, लाइभ कन्सर्ट र ब्राण्ड इन्डोर्समेण्टबाट कमाउँछिन् ।
९. ऋतिक रोशन
दैनिक कमाइ औसत : १७ लाख । ऋतिक रोशनका फिल्म, अवार्ड शो, कार्यक्रममा प्रस्तुती र ब्राण्ड एन्डोर्समेण्ट कमाइका स्रोत हुन् ।
१०. कैटरिना कैफ
दैनिक कमाइ औसत : १७ लाख । कैटरिना कैफका आम्दानीका स्रोत फिल्म, अवार्ड शो र कार्यक्रममा प्रस्त्ुती, लाइभ कन्सर्ट, ब्राण्ड एन्डोर्समेण्ट हुन् ।
११. आमिर खान
दैनिक कमाइ औसत : ०९ लाख । आमिर खान फिल्म, लाइभ कन्सर्ट, ब्राण्ड इन्डोर्समेण्ट र टेलिभिजनबाट कमाउँछन् ।
१२. माधुरी दीक्षित
दैनिक कमाइ औसत : ०६ लाख । माधुरीले फिल्म, अवार्ड शो र फंक्सन पफर्मेन्स, लाभइ कन्सर्ट, ब्राण्ड एन्डोर्समेण्ट र टेलिभिजनबाट कमाउँछन् ।
१३. ऐश्वर्या राय
दैनिक कमाइ औसत : ३.६ लाख । ऐश्वर्या उनी फिल्म, अवार्ड शो र कार्यक्रम प्रस्तुती र ब्राण्ड एन्डोर्समेण्टबाट कमाउँछिन् ।