भारतीय मिडियाहरुमा अहिले एउटा खबर बारम्बार आइरहेको छ कि बलीउडस्टार सलमान खान र यूलिया वंतूरबीच ब्रेकअप भएको छ । यस बर्षको १८ नोभेम्बरमा विवाह गर्ने तयारमा रहेको समेत खबर बाहिर आएको बेला अहिले भने उनीहरुको ब्रेकअपको हल्ला भाइरल बनिरहेको छ । सेप्टेम्बर महिनामा भीजा एक्सपायर भएका कारण यूलिया आफ्नो जन्मघर रोमानिया गएकी थिइन् । तबदेखी उनी भारत फर्किएकी छैनन् । यो पनि खबर बाहिरिएको छ कि रोमानिया गएदेखी युनियाले सलमानसँग सम्पर्क पनि गरेकी छैनन् । केहि समय सलमान र युलिया संगै देखिदै आएका थिए । एअरपोर्ट मात्रै हैन कतिपय कार्यक्रममा समेत सलमान युलियासंगै सहभागी हुन्थे । त्यति मात्रै हैन युनियाको जन्मदिनको पार्टी समेत सलमानले आयोजना गरेका थिए ।