साल १९९६ मा रिलिज भएको आमिर खान स्टारर फिल्म ‘राजा हिन्दुस्तानी’ को एक गीत ‘परदेसी…परदेसी’ आज पनि उतिक्कै चर्चित छ । यो गीतमा आमिर खान को साथ कल्पना अय्यर पनि बंजारनको रोलमा देखिएकी थिइन् । कल्पना ८० दशककी हिट आइटम गर्ल हुन्, जसले कयौ फिल्ममा वैंपको भुमिका निर्वाहा गरेसकेकी छिन् । बताइदिउँ कि कल्पना अन्तिम पटक १९९९ मा रिलिज भएको फिल्म ‘हम साथ-साथ हैं’मा देखिएकी थिइन् ।
कल्पनाको मिथुन चक्रवर्ती स्टारर फिल्म ‘डिस्को डान्सर’ को ‘कोई यहां नाचे-नाचे’ गीतबाट चर्चित बनेकी थिइन् । यो पनि खबर छ कि कल्पनाको अफेयर बलीउडका चर्चित भिलेन अमजद खानसँग चलेको थियो । उनको सम्बन्ध अमजद खानको मृत्युसम्म रहेको थियो ।
१७ बर्षदेखी ठूलो पर्दाबाट टाढा रहेकी कल्पना दुबईमा सेटल भइसकेकी छिन् ।