सलमान खानका समर्थकका लागि यो दुखद समाचार हुन सक्छ। सलमानसँग जोडिएको कृष्णसार शिकार मामिलामा राजस्थान सरकारको निवेदनलाई सर्वोच्च अदालतले स्वीकार गरेको छ। जसको सोझो अर्थ, सलमान खानविरूद्ध लामो समयदेखि स्थगित कृष्णसार शिकार मामिला अदालतमा पुनः व्युतिने भएको छ।
राजस्थान सरकारको निवेदन पछि सर्वोच्च अदालतले सलमान खानलाई मुद्धाको सम्बन्धमा जानकारी पठाइसकेको छ। गत जुलाईमा जोधपुरको उच्च अदालतले सलमानको पक्षमा निर्णय गरेको थियो। सन् १९९८ को २६ सेप्टेम्बरमा जोधपुरको सुदूर क्षेत्र भावडमा कृष्णसारको अवैध शिकार गरेको आरोपमा सलमानसहित ७ आरोपीविरूद्ध जिल्ला अदालतमा मुद्धा परेको थियो।
‘हम साथ साथ हे’ फिल्मको सुटिङको क्रममा राज्य सरकारले अवैधानिक मानिएको कृष्णसारको शिकारका आरोपमा उनी पक्राउ परेका थिए। यो मुद्धामा उनले केही दिन जेलमा पनि बस्नु परेको थियो। उनलाई जिल्ला अदालतले हरिण र कृष्णसारको भिन्न–भिन्न अवैध शिकार गरेको आरोपमा १ वर्ष र ५ वर्ष गरि कूल ६ वर्षको जेल सजाय तोकेको थियो। जुन निर्णयलाई उच्च अदालतले उल्ट्याएको थियो।