मंगलबार भारतीय प्रधानमन्त्रीले सम्बोधन गर्दै ५०० र १००० को नोटमा लगाउने घोषणा गरे । प्रधानमन्त्री मोदीको यो घोषणासँगै भारतीय सर्वसाधारणलाई निकै आपत पर्ने भन्दै यो घोषणाको आलोचना पनि भयो ।
तर सरकारले भने यो कदमले भारतमा रहेको कालो धन तथा नक्कली मुद्रा नियन्त्रणका लागि प्रभावकारी हुने दावी गर्दै आएको छ ।
तर पनि सर्वसाधारणले भने नोटकै कारण सास्ती खेप्न बाध्य छन् । सर्वसाधारणहरु घण्टौं लाइनमा बसेर नोट साँट्न बाध्य भएको खबर सार्वजनिक भएको छ । त्यसो त सर्वसाधारण मात्र होइन, भारतीय सेलिब्रेटिहरुले पनि भारत सरकारको यो निर्णयबाट सास्ती खेप्नुपरेको छ ।
बलिउडकी हट गर्ल बिपाशा बसुले आफुले नोटका कारण सास्ती खेप्नुपरेको बताएकी छिन् । ट्वीट गर्दै बिपाशा बसुले ५०० र हजारको नोट नचल्ने भएपछि अण्डा किन्न पैैसा सापट लिनुपरेको बताएकी छिन् ।
उनले ट्वीटमार्फत स्टार वल्र्डसँग पैसा सापट लिनुपरेको बताएकी हुन् । बिपाशा बसु हाल गर्भवती छिन् । सरकारले ५०० र हजारको नोटमा प्रतिबन्ध लगाएसँगै भारतीय कलाकारहरुले मिश्रित प्रतिकृया दिएका छन् ।