बलिउड अभिनेता अभिषेक बच्चन केही समययता कुनै पनि नयाँ फिल्ममा सफल रूपमा देखिएका छैनन् । तर, उनको क्रेज घटेको चाहिँ छैन । क्रेज नघटे पनि उनलाई निर्देशकहरूले खासै वास्ता गरेका छैनन् । फिल्ममा व्यस्त नभएकाले पनि हुनुपर्छ, आजभोलि उनी जस्तोसुकै कार्यक्रममा पनि पुगिरहेका हुन्छन्, बोलिरहेका हुन्छन् । यस्तै, एउटा कार्यक्रममा अभिषेकले आफू ‘स्टायलिस’ हुनुको श्रेय पत्नी तथा अभिनेत्री ऐश्वर्या राय बच्चनलाई दिएका छन् । उनले भने, ‘आजको मेरो कपडा पनि ऐश्वर्याले नै छानेकी हुन् । ऐश्वर्या र आराध्याले मलाई फेसन टिप्स दिइरहेका हुन्छन् ।’ त्यति मात्र होइन, अभिषेकले कार्यक्रममा ऐश्वर्याको प्रभावले आफूमा आएको परिवर्तनबारे पनि बताएका थिए ।