अभिनेता अनिल कपूर बलिउडका स्थापित कलाकार हुन् । तर उनका छोराले भने बाउको बिंडो थाम्न सकेनन्, अर्थात उनले बलिउडमा इन्ट्रि त गरे, तर अपेक्षित सफलता हात पार्न सकेनन् ।
अनिलका छोरा हर्षवद्र्धन कपुरले ऐतिहासिक सिनेमा मिर्जियाबाट बलिउडमा इन्ट्रि मारेका थिए । तर पहिलो गासमा नै ढुँगा लागेपछि अनिलले आफ्नो छोराका लागि सहयोग गरिदिन सलमान खानसँग हात फैलाएका छन् ।
उनी आफ्नो छोरालाई अब सलमानले मार्गदर्शन गरिदिउन् भन्ने चाहन्छन् । एक भारतीय समचार संस्थाका अनुसार कुनै ठूलो बजेटको रोमान्टिक कमेडि फिल्मबाट बलिउडमा छिरोस् भन्ने थियो तर हर्षले आफै रोजेको मिर्जिया पूर्ण रुपमा फ्लप भयो ।
छोराले आफुले भनेको नमानेकै कारण असफल भएको अनिलको ठम्याई रहेको छ । त्यसैले अनिलले आफ्नो छोरालाई सहि बाटोमा हिंडाइदिन आग्रह गरेको समचारमा उल्लेख छ । हाल हर्ष फिल्म भावेश जोशीमा व्यस्त छन् ।