गएको बर्ष कोलकाताका व्यापारी प्रसुन झुनझुनवालासँग विवाह गरेकी नेपाली नायिका हर्षिका श्रेष्ठ अहिले नेपालमा नै छिन् । विवाह गरेपछि हर्षिका प्राय जसो नेपालमा नै बस्दै आइरहेकी छिन् । सिक्किममा बनेको ‘अँगालो यो मायाको’ बाट हिरोइनका रूपमा डेब्यु गरेकी हर्षिकाले त्यसपछि डेढ दर्जन चलचित्रमा अभिनय गरिसकेकी छिन् । थुप्रै म्युजिक भिडियो तथा टेलिविज्ञापनमा समेत अभिनय गरेकी उनी बिहेपछि अभिनय यात्रालाई भने सशक्त बनाएर अगाडी बढाउन सकेकी छैनन् । विवाह गरेपछि उनलाई अहिले निर्माताहरुले पनि खोज्न छोडिसकेका छन्, त्यसैले पनि विवाह पछि उनको हातमा एउटा पनि चलचित्र छैन । विवाह अगाडी चलचित्र र म्यूजिक भिडियोमा व्यस्त रहँदै आएकी हर्षिका अहिले भने पूर्ण रुपमा खाली छिन् । तर उनको बैबाहिक सम्बन्ध भने निकै खुसीमय छ ।
यो कुरा हर्षिका र उनका श्रीमान प्रसुन झुनझुनवालाको फेसबुक अपडेटबाट पनि थाहा हुन्छ । यति मात्र होइन् प्रसुन झुनझुनवाला आफ्नी श्रीमती हर्षिका श्रेष्ठलाई कत्ति माया गर्छन भन्ने कुरा हालै उनले फेसबुकमा अपलोड गरेका तस्बिरहरुबाट पनि थाहा हुन्छ । केही दिन अगाडी मात्र हर्षिकालाई भेट्न नेपाल आएका प्रसुनले हेलिकप्टर नै चार्टर गरेर श्रीमतीसँग पोखरा घुम्न निस्किएका छन् । सुन्दा अचम्म लाग्न सक्छ तर यो प्रसुन झुनझुनवालाको फेसबुक स्टाटसले देखाउँछ ।
प्रसुनले आफ्नो आधिकारीक फेसबुकमा श्रीमती हर्षिकासँग पोखरा घुम्दै गरेका केही तस्बिर अपलोड गरेका छन्, जहाँ उनले लेखेका छन्, ‘हेलिकप्टर फन पोखरा ।’ केही बर्ष प्रेम सम्बन्धमा रहेपछि गएको बर्ष मात्र बैबाहिक सम्बन्धमा बाँधिएका हर्षिका र प्रसुन प्रभु बैंकको हेलिकप्टर चार्टर गरेर पोखरा घुमघामका लागी निस्किएका हुन् । उनीहरुले पोखरामा निकै मस्ती गरिरहेको हर्षिकाको फेसबुकबाट पनि थाहा हुन्छ ।