गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत’ भन्दा अगाडी नायिका पुजा शर्माको चर्चा नेपाली सिनेवृतमा खासै थिएन । लगातार आफु अभिनित चलचित्रहरु असफल भइरहेको अबस्थामा पुजालाई चलचित्र ‘प्रेमगीत’ ले ठूलो राहत दियो ।
‘प्रेमगीत’ सफल भएपछि अहिले उनको चर्चा नेपाली सिनेवृतमा अन्य नायिकाहरुको भन्दा कम छैन । ‘प्रेमगीत’ भन्दा अगाडी उनले केही चलचित्रमा अभिनय गरेकी थिइन् तर प्रेमगीतले भने उनलाई एउटा फरक नाम दिएको छ ।
चाँडै ‘म यस्तो गीत गाउँछु’ चलचित्रमा नायक पल शाहसँग रोमान्स गर्न लागेकी पुजा अहिले आइसल्याण्डमा होलिडे मनाइरहेकी छिन् ।
उनले आइसल्याण्डको समुन्द्री किनारमा बिकिनी पहिरनमा मस्ती गरिरहेकी छिन्, जुन तस्बिरहरु उनले आफ्नो आधिकारीक फेसबुकमा अपलोड गरेकी छिन् ।