चर्को महंगीका विरुद्ध र खाद्य सम्प्रभुताको सुनश्चिताको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्व नेकपा (माओवादी) ले आह्वान गरेको नेपाल बन्दको विरोधमा ‘दाह्री ग्याङ’ सडकमा उत्रिएको छ। समाजिक संजाल फेसबुकमा उनीहरुले अभियान चलाएका छन्। ‘दाह्री ग्याङ’मा आबद्ध युवाहरुले आइबार राजधानीमा प्रदर्शन गरेको छन्। उनीहरुले बारम्बारको नेपाल बन्दबाट जनता आजित भइसकेको भन्दै बन्द सदाका लागि अन्त्य गर्न माग गरे। सो अभियानमा हाल प्रदर्शन भइरहेको चलचित्र ‘जात्रा’ का कलाकारले पनि साथ दिएका छन् । बन्दको बिरोधमा ‘जात्रा’ का कलाकार विपिन कार्की र बर्षा राउत सहभागी भएका हुन् । काठमाण्डौको सीटी सेन्टरमा आयोजना गरेको ‘जात्रा’ को च्यारेटी शो बन्दकै कारण प्रभावित भएपछि युवाहरु बन्दको बिरोधमा सडकमा उत्रिए थिए । शुक्रबार औसत र शनिबार देशभर हाउसफूल विजनेश गरेको जात्राले आइतबार भने बन्दका कारण उल्लेख्य संख्यामा दर्शकहरु हलमा हुल्न सकेन, त्यसका कारण पनि आइतबार जात्राको विजनेशमा कमी आएको छ ।