भारतको चर्चित सोनी टेलिभिजनबाट प्रसारण हुँदै आएको “सुपर डान्स” प्रतियोगीतामा दाङका तिन बालिका अडिसन राउण्डमा छानिएका छन् । शिल्पा शेट्ठी निर्णयक रहेको “सुपर डान्स” मा उनीहरु लखनौमा भएको अडिसनमा आफ्नो प्रतिभा प्रस्तुत गरी छनौट भएका हुन् । अब भने उनीहरुले भारतीय बालबालिकाहरुसँग कडा प्रतिस्पद्र्या गर्नु पर्नेछ । “सुपर डान्स”मा छानिने दाङका चर्चित नृत्य प्रतिभाहरु समीक्षा पौडेल, याङ्सु श्रेष्ठ र सर्चिता केसी हुन् । यसअघि पनि भारतका विभिन्न टेलिभिजन च्यानलहरुले सञ्चालन गर्ने विभिन्न रियालिटी शो तथा प्रतिष्पर्धाहरुमा नेपाली यूवायूवतीहरु उपाधिहरु जित्दै आइरहेका छन् ।