हिक्मत विष्टले निर्देशन गरेको चलचित्र ‘द विनर’ हलिउड र बलिउड फिल्मबाट प्रभावित भन्दै फिल्मको रिलिजलाई अहिले निकै चासो पुर्बक हेरिएको छ । रिलिजको तयारीमा रहेको फिल्मको अहिले डबिङ कार्य धमाधम भईरहेको छ । यसै क्रममा फिल्मका नायक महेशमान श्रेष्ठले अष्ट्रेलिया,दुबई र नेपालमा छाँयाकन गर्दाको तस्विर सार्बजनिक गरेका छन् । उनी यसै चलचित्र मार्फत रजतपटमा डेब्यु गरेका हुन् । चलचित्रलाई नायक श्रेष्ठले ‘द विनर’लाई बलिउड स्तरको र तीन देशमा छाँयाकन गरिएको पहिलो नेपाली फिल्मको दाबी गरेका छन् । यस्तै उनले यस चलचित्र बनाउन बलिउडलाई करिब ८० करोड लाग्न सक्ने समेत बताएका छन् । यस चलचित्रमा महेशमान सहित पुर्ब मिस नेपाल तथा अभिनेत्री मलिना जोशी, मन्चिन शाक्य,राजकुमार पन्त,रेशु तामाङ र अमित गिरी मुख्य भुमिकामा छन् । भने,केहि बिदेशी कलाकारले समेत अभिनय गरेका छन् । चलचित्रलाई डायमण्ड स्टार फिल्मसको ब्यानरमा सुबोध ठकुरी,बिकास खरेल,रितेश राणाको लगानीमा निर्माण गरिएको हो ।