सुविन भट्टराईद्धारा लिखित चर्चित पुस्तक ‘समर लभ’माथी आधारित भएर निर्माण हुन लागेको नेपाली चलचित्र ‘समर लभ’का लागि अहिले नायिकाको खोजी भइरहेको छ । चलचित्रका लागि नायिकाको खोजी अब अष्ट्रेलियामा हुने चलचित्रका प्रस्तुतकर्ता विकास आचार्यले जानकारी दिए । अष्ट्रेलियामा बस्दै आएका १८ देखि २५ वर्ष उमेरका यूवतीहरुले चलचित्रका लागि अडिसन दिन सक्नेछन् । अष्ट्रेलियामा बस्दै आएका चलचित्र समर लभका निर्माता दिनेश पोख्रेलले १८ देखि २५ वर्ष उमेरका यूवतीहरुलले चलचित्रका लागि अडिसन दिन सक्ने बताए । उनले प्रवासमा रहेका यूवतीहरुलाई अवसर दिने उद्येश्यले यस पटक अष्ट्रेलियाबाटै नायिका जन्मने बताए । दिनेश पोख्रेलले निर्माण गर्ने यो चलचित्रलाई मुस्कान ढकालले निर्देशन गर्न लागेका हुन् । यस अघि मुस्कानले चलचित्र नाइँ नभन्नू ल ३ निर्देशन गरेका थिउ । यो चलचित्रको सम्पुर्ण छायाँकन अष्ट्रेलियामा हुँदैछ ।