‘मुन्नी’ उर्फ हर्षाली मल्होत्रा अभिनित फिल्म ‘बजरंगी भाईजान’ मा ‘मुन्नी’ की आमाको भुमिका मेहर विजले प्ले गरेकी थिइन् । यो कुरा कमै जान्दछन् कि मेहर विजको असली नाम वैशाली सचदेव हो । मेहरले ५ जुलाई, २००९ को पंजाबी एक्टर मानव विजसँग विवाह गरेकी थिइन् । विवाहपछि उनले आफ्नो नाम बदलेर मेहर राखेकी थिइन् । वैशालीले ‘बजरंगी भाईजान’ को ‘लकी : नो टाइम फर लव’ र ‘दिल विल प्यार व्यार’ मा पनि काम गरेकी छिन् । तपाईहरुलाई बताइदिउँ कि उनले ‘पंजाब १९८४’, ‘मिनी पंजाब’, र ‘मम्मी पंजाबी’ जस्ता पंजाबी फिल्ममा आफ्नो कला प्रदर्शन गरेकी थिइन् र उनले ‘क्योंकि सास भी कभी बहू थी’, ‘मितवा फूल कमल के’ र ‘किस देश में है मेरा दिल’ मा पनि देखिएकी थिइन् । उनका पति मानव विज १९९२ को बलीउड मूभी ‘आँखे’ मा देखिएका थिए ।