बलिउड अभिनेत्री श्रीदेवी आज पनि बोनी कपुरको सम्बन्धलाई लिएर उत्तिकै चर्चामा आउने गर्छिन् । फिल्ममेकर बोनी कपुर ६१ वर्षका भएका छन् । फिल्मभन्दा पनि बढी उनी आफ्नो पर्सनल लाइफका कारण बढी चर्चामा रहे ।
२८ वर्षको उमेरमा उनले मोना शौरीसँग विवाह गरेका थिए । वैवाहिक जीवन राम्रै चलेको थियो । मोनाबाट एक छोरा एक छोरी भएका थिए । दुई बच्चाका बाबु बोनीले विवाहित भएपनि श्रीदेवीलाई आफ्नो मन दिए । मोनालाई छोड्दै श्रीदेवीसँग विवाह गरे । त्यतिखेर श्रीदेवी अचानक गर्भवती भएका कारण मोनालाई छोड्दै विवाह गरेका थिए । मोनासँग उनले १३ वर्षसँगै बिताए ।
मोना विवाह गर्दा १९ वर्षकीमात्र थिइन् । उमेरले १० वर्ष जेठा रहेका बोनी कपुरसँग उनले एरेन्ज विवाह गरेकी थिइन् । छोरा अर्जुन कपुर र छोरी अंशुलाको जन्मसँगै सबै ठीकठाक नै चलेको थियो । विवाह भएको १३ वर्षसम्म सम्बन्ध निकै बलियो थियो । तर, सन् १९९६ मा मोनासँग एक्कासी अलग्गिएर बोनी कपुरले श्रीदेवीसँग विवाह गरेका थिए ।
श्रीदेवीलाई एकतर्फी माया गर्थे बोनी
बोनी र श्रीदेवीको लब लाइफ टेडोमेडो भएर अगाडि बढेको थियो । सूरुमा यो एकतर्फी माया थियो । यसको सूरुवात फिल्म ‘मिस्टर इण्डिया’ बाट सूरु भएको थियो । तर, १९७० को दशमा तमिल फिल्म गर्दा खेरी नै बोनी उनीले श्रीदेवीलाई मनराउन थालेका थिए । श्रीदेवी सिंगापुर भएका कारण उनको भेट हुन पाएन । बोनी उनलाई भेट्न चेन्नइ समेत गएका थिए ।
त्यसपछि श्रीदेवीले हिन्दी फिल्म ‘सोह्र साल’ बाट डेब्यु गरिन् । त्यसपछि बोनीले पनि उनीसँग काम गर्न थाले ।
उनीहरु यसरी भएका थिए नजिक
बोनी श्रीदेवीलाई भेट्न फिल्म सेटमा पुगेका थिए । त्यहाँ उनले श्रीदेवीकी आमालाई भेटेका थिए । फिल्ममा साइन गराउन पुगेका बोनीलाई श्रीदेवीकी आमाले १० लाखमामात्र श्रीदेवीले फिल्म साइन गर्ने बताइन् । तर, बोनी कपुरले ११ लाखमा श्रीदेवीलाई साइन गरे । त्यसपछि उनीहरुको सम्बन्ध झन् नजिकियो । मिथुन चक्रवर्तीसँग लब अफयेरको हल्ला चलिरहँदा उता बोनी कपुरले एरेन्ज म्यारिज गरेका थिए । तर, स्वीजरल्याण्डमा उनीहरुको एक भ्रमणमा उनीहरुको सम्बन्ध नजिकियो ।
श्रीदेवीकी आमा एकपटक नराम्रोसँग बिरामी परिन् । उनको त्यस समय अमेरिकामा उपचार चलिरहेको थियो । यस दौरान श्रीदेवीलाई मानसिक, भावनात्मक र आर्थिक रुपमा बोनीले सहयोग गरे । बोनीले गरेको सहयोगका कारण श्रीदेवी निकै प्रभावित भइन् ।
सन् १९९६ मा श्रीदेवी गर्भवती भएको हल्ला बाहिर आयो । बोनीले पनि कुनै हतार नगरी पहिलो श्रीमती मोनालाई छोड्दै विवाह गरे । श्रीदेवीले त्यस समय विवाह गर्न चाहेकी थिइनन् तर समयले त्यस्तो आइ लाग्यो कि उनीहरु विवाह गर्न बाध्य भए ।