फिल्म ‘दम लगा के हइसे’ मा हिरोइनको भुमिकामा देखिएकी अभिनेत्री भुमि पेडनेकरको लेटेस्ट लुकले सबैलाई आश्चर्यमा पारेको छ । फिल्म ‘दम लगा के हइसे’ का लागि तौल बढाएकी अभिनेत्री कुनै पनि कोणबाट हिरोइन देखिइन थिइनन् ।
फिल्ममा उनको ओभर वेट फिल्मको माग रहेको थियो । तर, यस फिल्म पछि उनले तौल घटाउन लागिन् । उनले पछिल्लो अवतारले पुष्टि गरिदिएको छ कि उनको अवतार कुनै जिरो फिगर अभिनेत्रीको भन्दा कम रहेको छैन ।
उनले पछिल्लो समय खिचेका केही हट एण्ड बोल्ड तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।
‘दम लगा के हइसे’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी यी अभिनेत्रीले आफ्नो ३० किलो तौल घटाउने काम गरेकी छिन् । यो तौल उनले फिल्म ‘दम लगा के हइसे’ का लागि बढाएकी थिइन् ।
तौल बढाउन उनी दैनिक लन्च र डिनरमा चिकन, दाल, घिउ र दही खान्थिइन् । फिल्म ‘दम लगा के हइसे’ को सुटिङ सकिए लगत्तै उनले तौल घटाउन सुरु गरिसकेकी थिइन् ।
तौल घटाउन उनले दैनिक व्याडमिन्टन खेल्ने, १५ देखि २० मिनेट एक्सरसाइज गर्थिन् । ग्रीन टि उनले दैनिक पिउने काम गरिन् । यसरी उनले आफ्नो तौल घटाउने काम गरिन् । उनको तौल ८५ किलो पुगेको थियो ।
उनले फिल्म ‘ट्वाइलेट’ मा अक्षय कुमारसँग काम गर्ने भएकी छिन् । यसका लागि उनी सुटिङमा समेत व्यस्त रहेकी छिन् ।