एक कार्यक्रममा भाग लिन पुगेकी नायिका भाग्यश्रीले आफ्नो ब्यक्तिगत र ब्यवसायिक जीवनसँग जोडिएका कयौं रहस्यहरुको खुलासा गरेकी छिन् ।
‘मैने प्यार किया’ फिल्मबाट बलिउडमा धमाकेदार इन्ट्री गरेकी भाग्यश्री बलिउड उधोगबाट किनारा लागिसकेकी छिन् । महाराष्ट्रको रोयल परिवारसँग जोडिएकी यी नायिकाले ग्ल्यामरस लुकका कारण कयौं हिरोइनलाई माथ गरेकी थिइन ।
महाराष्ट्रको शाही पटवर्धन खानदानमा २३ फेब्रुअरी १९६९ मा जन्मिएकी हुन् । भाग्यको पूरा नाम श्रीमन्त राजकुमारी भाग्यराजे पटवर्धन हो । उनको पहिलो फिल्म १९८९ मा आएको सुपरहित फिल्म ‘मैने प्यार किया’ हो ।
मैले करिअर होइन्, परिवार चुने
फिल्म ‘मैने प्यार किया’ पछि म माथि एक आमाको रुपमा सबैभन्दा ठूलो जिम्मेवारी थियो । एकतर्फ परिवार थियो, अर्कोतर्फ करिअर ।
एकदमै मुश्किल थियो । तर, मैले आफ्नो परिवारलाई चुने । किनभने त्यो बेला म आमा बनिसकेकी थिए । म करिअरको तर्फ अगाडि बढेको भए मेरो बच्चाको शिक्षादिक्षा सही तरिकारले हुने थिएन ।
मलाई जुन संस्कार आमाबुवाबाट प्राप्त भयो, त्यो म बच्चालाई दिन पाउने थिइन । जब तपाईं इन्डष्ट्रीमा हुनुहुन्छ त परिवारका लागि समय निकाल्न मुश्किल हुन्छ ।
यस्तै बच्चाबाट टाढा रहनाले उनीहरुको लालनपालनमा केही कमजोरी रहन जान्छ । म आफ्नो पूरा समय परिवारका साथ विताउन चाहन्थे । यस दौरान कयौं शो र फिल्महरु गरिरहे । तर, यस्तो कुनै पनि काम गरिन जो मेरो छवि विरुद्ध हो, मर्यादाको विरुद्ध हो ।
म आफ्नो परिवारका साथ खुशी छु, सन्तुष्ट छु । हो यदि कुनै राम्रो कथा मिलेछ भने अवश्य फिल्म खेल्नेछु ।