गएको बर्ष प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘पशुपतिप्रसाद’ निर्देशन गरेका निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गरेको नयाँ चलचित्र ‘लभ लभ लभ’ को सम्पूर्ण छायाँकन सकिएको छ । रसुवाको प्रसिद्ध स्थल गोसाईकुण्डमा ‘लभ लभ लभ’ को ‘यो माया हो कि के हो’ बोलको गीत खिच्दै छायाँकन सकिएको हो । कोसिस क्षेत्रीको स्वरमा रहेको यो गीत खिच्न १२ लाख रुपैयाँ खर्च भएको निर्माण टीमले दाबी गरेको छ । कुनै नेपाली चलचित्र गोसाईंकुण्डमा पहिलोपटक सुटिङ गरिएको निर्देशक खनालले दाबी गरे । उनका भनाइमा चलचित्रका लागि सुन्दर र ताजा लोकेसन भएकाले र पर्यटकीय प्रवद्र्धनका लागि समेत टेवा पुगोस् भन्ने ध्येयले गोसाईंकुण्ड रोजिएको हो ।
। त्यस्तै निर्मात्री शर्मिला पाण्डेले चलचित्रलाई स्तरिय बनाउन बजेटमा कुनै कन्जुस्याईं नगरिएको जानकारी दिइन् । उनले गीत खिच्नका लागी नौ दिनमा १२ लाखभन्दा बढी खर्च भएको पनि बताइन् । बैशाख १ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रमा सानो कुरामा ठूलो इमोसन खोज्ने प्रयास गरिएको छ । चलचित्रको मुख्य कलाकारमा स्वस्तिमा खड्का (बस्नेत), सुरज पाण्डे, देशभक्त खनाल, रमेश बुढाथोकी, रुपा राना लगायत छन् । ‘होस्टेल रिटन्र्स’ मा सहायक भूमिकामा निर्वाह गरेकी स्वस्तिमा यसै चलचित्रबाट लिड रोलमा देखिएकी हुन भने सुरजको यो डेब्यु चलचित्र हो । अमृत पाण्डे र शर्मिला पाण्डेको लगानीमा ‘लभ लभ लभ’ तयार भएको हो । चलचित्रका सबै गीतमा सुरेश राईको संगीत रहेको छ भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ । चलचित्रलाई निरज कँडेलले खिचेका हुन ।