अभिनेत्री आलिया भट्टले आफ्नो जीवनसाथीको बारेमा बोलेकी छिन् । उनले आफ्नो जीवनसाथी कुनै ‘युथ आइकन’ र ‘हट लुकिङ’ नओस् तर एउटा राम्रो मन भएको हुनुपर्ने बताएकी छिन् ।
एउटा राम्रो व्यक्तित्व भएको मानिस आफुलाई जीवनसाथीको रुपमा स्विकार्य हुने उनले बताएकी छिन् ।
आलिया भन्छिन्,‘जब जीवनसाथी हुनेछ । म आशा गर्छु की उनी कुनै युथ आइकन नहुन् किनभने म पनि त्यतिखेर युवा नै रहनेछु । जीवनसाथी हट होस् वा नहोस् तर एउटा असल मानिस पक्कै हुनुपर्नेछ । उ जिम्मेदार होस् । उ प्यारो होस् र मलाई धेरै माया गरोस् ।’
उनले पछिल्लो पटक अभिनय गरेको फिल्म डियर जिन्दगानी २५ नोभेम्बरमा रिलिज हुँदैछ । उक्त फिल्ममा शाहरुख खान, आलिया भाट, कुणाल कपुर, अली जफर र अंगद वेदी कलाकारहरु रहेका छन् ।