बलीउड अभिनेता जोन अब्राहमले आफ्नो नयाँ कारको अर्डर दिएका छन् । गाडजिला निकनेमको उक्त कारको मुल्य भारतीय २ करोड रहेको बताइएको छ । रिपोर्ट्सका अनुसार, निसानको यस कार (R35 GT-R) को विशेषता यो छ कि यसको इन्जन जापानमा बनेको हो । यो दुई सीटर कारमा दुई ढोका र सिक्स स्पीड डुअल अटोमेटिक क्लच छ ।
ट्विन टर्बो V-6 इन्जन भएको यो कार 3800CC को हो । बताइएको छ कि कार महज २.९ सेकेण्डमा जीरो देखी १०० किमी. प्रति घण्टाको रफ्तारमा दौडिन्छ । जोनलाई कार र बाइक्समा निकै शौख छ । उनीसँग लग्जरी कारहरुको लामो लिस्ट छ । अडी Q-7 उनकी फेवरेट हो र यसको मोडल उनी हरेक बर्ष बदलिरहेका हून्छन् । यसको अलवा उनीसँग व्हाइट जीप, ब्ल्याक लिम्बोर्गिनी पनि छ ।