माघे संक्रान्तिलाई लक्षित गर्दै पुष २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको सौगात मल्ल अभिनित चलचित्र ‘शब्द’ को लिरिकल भिडियो गीत सार्वजनिक भएको छ । ‘गुलेलीले हान्दिऊ कि मोहनीले तान्दिऊ कि’ बोलको गीतमा राजनराज सिवाकोटीको शब्द र संगीत रहेको छ ।
नवनिर्देशक सन्तोष शिवाकोटीको निर्देशनमा बनेको यो चलचित्रमा सौगातका अलवा कमली वाइबा, अर्जुन गुरुङ, रोयदेव श्रेष्ठ, ओशिन भट्टराई, राज थापा लगायतको अभिनय रहेको छ । चलचित्रमा शिव ढकालको छायाँकन, राजनराज शिवाकोटी र सुरेश गैरेको संगीत, यम थापा र किरण घिमिरेको कथा, बनिष शाहले सम्पादन, एनवी महर्जनको द्धन्द्ध र डा. कृष्णहरि बराल र राजनराज शिवाकोटीको गीत रचना रहेको छ । चलचित्रलाई छिरिङ दोर्जे लामाले निर्माण गरेका हुन् । चलचित्र ‘शब्द’ सँगै यस बर्षको माघे संक्रान्तिमा अरु तीन चलचित्र पनि प्रदर्शनमा आउने तयारीमा छन् । ‘किङ’, ‘लभसासा’ र ‘कारखाना’ चलचित्रसँग ‘शब्द’ एकसाथ प्रदर्शनमा आउँदैछन् ।