ट्वींकल खन्नाले बलिउड अभिनेत्री रानी मुखर्जीको ‘करियर’ आफूले बनाइदिएको दाबी गरेकी छिन् । हालै कफि वीथ करनमा अतिथि बनेकी ट्वींकलले आफ्नो कारणले नै रानीको बलिउडमा करियर बनेको बताएकी हुन्। उनले आफू फ्ल्प र नराम्रो अभिनय गर्ने बताउँदै भनिन्, ‘मेरो जीवनमा एक मात्र हिट फिल्म आएको थियो, ‘कुछ कुछ होता है’। जुन मैले अस्वीकार गरेँ र रानीले त्यो भूमिका निभाइन्। त्यसैले रानीको करियर मैले बनाएकी हुँ।’ यसै सन्दर्भमा करन जोहरले भने, ‘मैले ट्वींकललाई स्क्रीप्ट सुनाएको थिएँ। उनले निर्णय गर्न तीन दिन मागेकी थिइन्, र तीन दिनपछि उनले मलाई फोन गरेर भनिन् कि काजोल र शाहरुख भएको फिल्ममा मलाई कसले हेर्छरु त्यसैले म गर्दिन।’जोहरले थपे, ‘मलाई नराम्रो लागेको थियो, किनकि उनले काम गरुन् भन्ने मलाई थियो।’