रामानन्द सागरको रामायणमा ‘विभिषण’ को भूमिकामा गरेको अभिनयका लागि चर्चित भारतिय टिभी अभिनेता मुकेश रावल मंगलबार मुम्बईको बोरेभेली रेल वे ट्र्याकमा मृत भेटिएका छन्। ६५ वर्षिय अभिनेता रावल रेलबाट एक गुजराती फिल्मको डबिङ्का लागि जाँदै थिए। रिपोर्टका अनुसार रेल ट्र्याक पार गर्ने क्रममा रेलले हानेपछि उनको घटनास्थलमै निधन भएको थियो। उनको हिजै अन्तेष्टि गरिएको छ। रावलले टिभीका अलावा जिद्ध, सत्ता, औजार तथा कसक लगायतका फिल्ममा समेत अभिनय गरेका छन्।