बलिउड जोडी सैफ अलि खान र करीना कपुरको पहिलो सन्तान यही डिसेम्बरमा जन्मँदैछ। करीनाको चाहना, आफ्नो बच्चा सैफ जस्तो नभए हुन्थ्यो भन्ने छ। नायिका नेहा धुपियाको टक शोमा उनले हुनेवाला सन्तान आफैं जस्तो भए हुन्थ्यो भनेकी हुन्।
कारण खुलाउँदै करीनाले भनिन्, ‘म आफूमा केही नराम्रो पक्ष नभएकाले मैले सन्तान आफू जस्तो चाहेकी हुँ।’
उनले सैफको धेरै निदाउने बानी आफूलाई मन नपर्ने पनि खुलाइन्। सेफलाई कुम्भकर्णसँग दाँज्दै उनले भनिन्, ‘सैफ दिनमा १८ घण्टासम्म पनि सुत्न सक्छन्। धेरै समयसम्म निदाउनु समयको बर्बादी हो।’