बलिउड नायिका प्रियंका चोपडाले बलिउडका धेरैलाई रक्सीको नशाले नकारात्मक प्रभाव गरेको बताएकी छिन्। उनले अमेरिकन कलाकार एवम् कमेडियन एलेन डिजेनेरेसको टक शो मा रक्सीको प्रभावबारे बताएकी हुन्। ‘भारतिय कलाकारहरु रक्सी धेरै पिउँछन्’, उनले भनिन्।
हलिउड मुभी इमिली ब्लन्ट अभिनित ‘द गल अन द ट्रेन’ को उदाहरण दिंदै प्रियङ्काले अमेरिकन, ब्रिटिस फिल्महरुमा पनि रक्सीको नशा र त्यसको प्रभावको विषय उठाइएको बताइन्।
बलिउडका विभिन्न कलाकार एवं फिल्मकर्मीहरुले रक्सीकै कारण फिल्मी करियर देखि पारिवारिक जीवन पनि लथालिङ्ग भएका छन्। बलिउडकी पुरानी नायिका मिना कुमारीको रक्सीकै कारण स्वास्थ्य बिग्रीएको भनिन्छ।