विश्वकै खतरनाक आतंकवादी ओसामा बिन लादेन पोर्नस्टारबाट बलिउड अभिनेत्री भएकी सन्नी लियोनको फ्यान भएको खुलासा भएको छ। सन्नीको जीवनमा आधारित वृत्तचित्र ‘मोस्ट्ली सन्नी’ मा ओसामा बिन लादेन उनको फ्यान भएको देखाइएको छ। दिलीप मेहताले बनाएको उक्त वृत्तचित्रमा सन्नीका जीवनमा धेरै सत्यहरु देखाइएको छ। ट्रेलर रिलीज भइसकेको वृत्तचित्रका लागि सन्नीले खुलेरै आफ्ना कुराहरु बताएकी छन्।
यसै वृत्तचित्रमा ओसामा बिन लादेन कुनैबेला उनको फ्यान भएको देखाइएको छ। ओसामा सन् २०११ मा मारिएका थिए। वृत्तचित्रअनुसार ओसामा पाकिस्तानको एबोटाबादमा हुँदा सन्नीका थुप्रै भिडियोहरु आफ्नो साथमा राखेको बताइएको छ। ‘टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिभल’ मा देखाइएको यो वृत्तचित्रले निकै चर्चा र तारिफ पाएको थियो।