बलिउड र हलिउडका स्टार आफ्नो अभिनयको दममा दर्शकलाई मनोरञ्जन गराउँछन् । यही कारणले धेरै स्टारहरुले आफ्नो छुट्टै मुकाम निर्माण गरेका छन् । अभिनय, ब्राण्ड इन्डोर्समेण्टलगायतका विभिन्न माध्यमहरु यी स्टारहरुले हजारौं करोडको सम्पत्ति जोडिसकेका छन् ।
ग्याजेट रिब्यु डटकमको रिपोर्टअनुसार बलिउडका सुपरस्टार शाहरुख खान विश्वका तेस्रो धनी अभिनेता हुन् । उनीसँगकरिब ४ हजार ७३ करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति छ ।
सन् १९९२ मा ‘दिवाना’ फिल्मबाट बलिउडमा डेब्यु गरेका शाहरुखले आफ्नो करिअरमा अहिलेसम्म ८० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् ।
सन् १९८० मा थियटरबाट अभिनय सुरु गरेका शाहरुखले १४ फिल्म फेयर अवार्ड जितिसकेका छन । सन् २००५ मा उनी पद्यश्री अवार्डबाट सम्मानित भएका थिए ।
शाहरुख अभिनय सँगसँगै टेलिभिजन प्रस्तोता, स्टेज पर्फमर र सोसल एक्टिभिष्टका रुपमा समेत सक्रिय छन् । उनलाई भारतका सबैभन्दा धनी कलाकार मानिन्छन् ।
रेड चिलिज इन्टरटेनमेण्ट एण्ड डिम्ज अनलिमिटेड नामका उनका प्रोडक्शन हाउस छन् । आइपीएल क्रिकेट टिम कोलकता नाइट राइडर्सका उनी को—वनर पनि हुन् ।
शाहरुखको मुम्बईका साथै दुबई र लण्डनमा पनि घर छ । उनले कयौं रियलस्टेटमा इन्भेष्टमेण्ट गरेका छन् । ५१ वर्षीय सन् १९९१ मा गौरी खानसँग विवाह गरे, जो भारतीय फिल्म प्रोड्युसर तथा इन्टेरियर डिजाइन हुन् ।
१. जैरी सेन्फेल्ड
उमेर—६२ वर्ष
सम्पत्ति—५ हजार ५ सय ६५ करोड भारतीय रुपैयाँ
२. शाहरुख खान
उमेर— ५१ वर्ष
सम्पत्ति— ४ हजार ७३ करोड भारतीय रुपैयाँ
३. टम क्रुज
उमेर—५४ वर्ष
सम्पत्ति—३ हजार २ सय ६० करोड भारतीय रुपैयाँ
४. मेल गिब्सन
उमेर—६० वर्ष
सम्पत्ति—२ हजार ८ सय ८५ करोड भारतीय रुपैयाँ
५. अमिताभ बच्चन
उमेर—७४ वर्ष
सम्पत्तिः २ हजार ७ सय २१ करोड भारतीय रुपैयाँ