बलिउड अभिनेत्री आलिया भट्टको नयाँ चलचित्र डियर जिन्दगी रिलिजको तरखरमा छ । यसमा भट्टले बलिउडका किङ खान शाहरुख खानसँग स्क्रिन सेयर गरेकी छिन् । चलचित्रमा खान आलियाको कोचका रुपमा देखा पर्दैछन् ।
तर चलचित्रमा जस्तै यी नायिकाको वास्तविक जिन्दगीमा पनि कोच छन्, जसले आलिायको जीवनको उतारचढावमा अहम् भुमिका राख्दछन् ।
कारण जोहरः
चलचित्र निर्माता तथा निर्देशक करण जोहर आलियाका गुरु हुन् भन्दा फरक पर्दैन । आलियालाई बलिउडमा डेब्यु गराएका जोहरसँग आलियाले विभिन्न कविषयमा सल्लाह माग्ने गर्दछिन् ।
आलियाले आफ्नो नीजि होस् या पेशागत जिन्दगी, जहाँपनि करणलाई सम्झिरहेकी हुन्छिन् ।
शाहिन भट्ट :
शाहिन आफ्नी दिदि भएपनि आलिया उनलाई गुरु पनि मान्छिन् । कारण उनीहरुबीच कुनै यस्तो विषय हुँदैन जो एउटालाई थाहा नभएको होस् ।
आलियाले आफ्ना सबै कुरा शाहिन सांग खुलेर राख्छिन् र शाहिन पनि आलियालाई आवश्यक सल्लाह सुझाव दिनुका साथै मार्गदर्शन पनि गर्ने गर्छिन् ।
अभिषेक बर्मन र अयान मुखर्जी :
त्यस्तै उनले विश्वास गर्ने र सल्लाह लिने अन्य दुई जना पनि छन् । ‘२ स्टेट’का निर्देशक अभिषेक बर्मन र अर्का निर्देशक अयान मुखर्जी पनि उनका गुरु हुन् । कुनै अप्ठ्यारो वा सहज परिस्थितीमा उनले यी दुई निर्देशकसँग आफ्ना कुरा राख्छिन् । उनीहरुपनि आलियाको आफुहरुप्रतिको यो विश्वासलाई कायम राख्न प्रयासरत रहन्छन् ।