धेरै फ्यानहरुलाई यो खबर पत्याउन गाह्रो पर्ला तर, बलिउडमा जे पनि हुनसक्छ । यहाँ क्षणभरमा सम्बन्ध टुटछन् भने क्षेणभरमा नै सम्बन्ध जोडिने गर्छन् । यस सालको सुरुवाती दिनमा नै रणवीर र कटरीनाको ब्रेकअपले ठुलो चर्चा पायो ।
यस खबरले धेरैलाई आश्चर्य पारेको थियो । ६ वर्ष लामो रिलेशनशिपमा रहेका उनीहरुको ब्रेकअपको खबर एक्कासी आएको थियो । पछिल्लो उनीहरुको भेटघाटले उनीहरुको प्याचअप भएको हल्ला बलिउडमा ब्यापक फैलिएको छ ।
मिडिया रिपोर्टका अनुसार उनीहरुको प्याचअप भएको छ । पछिल्ला केही दिनयता उनीहरु लुकीलुकी भेट्न थालेका छन् । उनीहरुले करण जोहरको घरमा र आयन मुखर्जीको घरमा समेत भेट गरेको बताइएको छ । यतीमात्र होइन रणवीरलाई कटरीनाले विवाहका लागि दबाब समेत दिएको बताइएको छ । लिबिङ टुगेदरमा बसेका उनीहरुको ब्रेकअप पछि रणवीर आफ्नो मातापितासँग बस्न थालेका थिए ।