चलचित्रको पर्दामा धेरै नायकहरुसँग प्रेम र विवाह गरेकी नायिका करिष्मा मानन्धरको रियल लभ लाइफको विषयमा भने कमैलाई थाहा छ । पर्दामा कहिले सफल र कहिले असफल प्रेमिका बनेकी करिष्माको रियल लभ लाइफ भने निकै इन्ट्रेस्टिङ्ग छ । नायिका करिष्मा मानन्धर र विनोद मानन्धरको विवाह सन् १९९० को १६ जुलाईमा भएको थियो । तपाई यो सोचिरहनु भएको होला कि विनोद मानन्धरले करिष्मालाई विवाहको प्रस्ताव राखेका होलान् भनेर तर तपाई त्यो सोचिरहनु भएको छ भने गलत हुनुहुन्छ । किनकी विनोदले करिष्मालाई होइन करिष्माले नै विनोदलाई विवाहको लागी प्रस्ताव राखेकी थिइन् । यो कुरा स्वयं करिष्माका श्रीमान विनोद मानन्धरले बताएका छन् ।
आजभन्दा २७ बर्ष अगाडी करिष्मा र विनोदको प्रेमकथा सुरु भएको हो । त्यस बखत विनोद बेलायतमा बस्थे । उनी बेलायतमै भएको समयमा किरण प्रधानको एउटा समूह सिनेमा बनाउने भन्दै बेलायत पुगेको थियो । त्यही सिनेमा बनाउने सिलसिलामा नै विनोद र करिष्माको भेट भएको थियो । बेलायतबाट सिनेमा बनाउने भन्दै एक महिनाको लागि नेपाल आएका विनोदको एक महिना अझै पनि पूरा भएको छैन । त्यो समयदेखि विनोद नेपालमै छन् ।एकपछि अर्को गर्दै सँगै काम गर्ने क्रममा करिष्माले विनोदलाई मनपराउन थालेकी थिइन् । त्यसपछि सुरु भएको उनीहरुको प्रेमकथा पनि अचम्मको छ । एक चलचित्रको कामका लागी मुम्बई गएर फर्किएपछि विनोदलाई करिष्माले एक्कासी विवाह गर्नु पर्यो भन्ने प्रस्ताव राखिन् । उनीहरु त्यस बखत खासै प्रेममा रमाएका पनि थिएनन् ।
विनोदले अगाडी भने, ‘करिष्मालाई एकजना दिदीले विनोद निकै राम्रो केटा हो उसलाई नछोड भनेर उल्काएकी रहिछिन् । यही कारण उनले अचानक विवाह गर्ने प्रस्ताव राखिन् । करिष्माको विवाह प्रस्ताव सुनेर म एक छिन् अलमल्लिए तर पछि विवाह गर्ने सोचमा पुगेँ ।’
उनीहरु विवाह गर्नको लागि गुहेश्वरी मन्दिर पुगेका थिए । तर त्यहाँ विवाह गर्ने ठाउँ र समय नभएपछि पछि बंगलामुखीमा गएर विवाह गरे ।
विवाह भएको २७ बर्ष वितेपनि अहिलेसम्म उनीहरुको बैबाहिक सम्बन्ध विग्रिएको खबर मिडियाहरुमा आएको छैन । ४२ बर्षकी करिष्मा र विनोदका एक छोरी छिन् कविता मानन्धर, जो अमेरिकामा बस्दै आइरहेकी छिन् ।