प्रियंका चोपडाले बलिउडमा पाएको सफलताको हाल चौतर्फी छ । बेला बखतमा विभिन्न आलोचनाहरु खेप्दै आइरहेकी उनले पछिल्लो समय बलिउडबाट छलाङ मार्दै हलिउडको यात्रा समय तय गरेकी छिन् । ‘क्वाटिन्को’ स्टार पछिल्लो समय आफ्ना सपनाहरु, समस्याहरु तथा भविष्यमा अझै केही गर्न बाँकी रहेका विषयहरुमा छलफल गर्न थालेकी छिन् । उनी भन्छिन्,‘मलाई कुनै लेभलमा रहनु छैन, एकखाले विषयवस्तुबाट माथि उठ्न चाहान्छु म, म लिगेसी बन्न चाहान्छु ।’ ‘देशी गर्ल’ को रुपमा परिचीत उनी भन्छिन्,‘मधुर भण्डाकरको फिल्म ‘फेसन’ पश्चात मेरो करिअरले अर्कै मोड लियो । त्यस फिल्म पश्चात मेरो फिल्मका रोलहरु एकदमै मजबुत थिए जसका कारण आज म यो उचाइमा छु ।’
उनले बलिउडका आफ्ना प्रतिष्पर्धिलाई भनेकी छिन्, ‘म सुन्छु कि प्रोडुसरहरु के भन्छन् । उनीहरुलाई लाग्छ कि हिरोइनहरु सजिलै फिल्म लाइनबाट हराउँछन् र तिनीहरुलाई नयाँ हिरोइनको प्रबेशले बलिउड करिअर सकिएको भान गराउँछ । तर म मान्दिन । मलाई बलिउडबाट कसैले हटाउन सक्दैन ।’