आजभोली सोनम कपूरको अफेयरको चर्चा बिजनेसम्यान आनन्द आहूजाको साथ निकै दिनदेखी चलिरहेको छ । यि दुईले पहिलो पटक ‘रुस्तम’ को सक्सेस पार्टीमा पब्लिक अपियरेन्स दिएका थिए ।
तर हालसम्म सोनमले आफ्नो सम्बन्धलाई स्वीकार गरिसकेकी छैनन् । केही दिन पहिला सोनमको घरमा भएको विवाहमा आनन्द पनि देखिएका थिए र ति तस्बिरहरु निकै भाइरल बनेका थिए ।
हालैमा सोनमले इंस्टाग्राममा एक फोटो शेयर गरेकी छिन्, जसमा उनले व्हाइट ड्रेस र डेनिम ज्याकेट लगाएकी छिन् । यो पोष्टमा खास कुरा यो छ कि सोनमकी साथी र फेशन डिजाइनर मसाबा गुप्ताले ज्याकेटको तारिफ गरेका छन । सोनमले भनेकी छिन् कि उक्त ज्याकेट आनन्दले गिफ्ट दिएका हुन ।