बलीउडकी बेबो उर्फ करीना कपूर आफ्नो पहिलो बच्चालाई जन्मदिने अन्तिम तयारीमा छिन् । करीनाले व्हाइट ड्रेसमा म्यागजीनको कभर पेजका लागी फोटोशुट गरेकी छिन । करीनाने एचटी ब्रन्चको लागी ब्ल्याक एण्ड व्हाइट फोटोशूट गरेकी छिन । करीनाको फोटोशूटको यि तस्बिरहरु अहिले सामाजिक सञ्जालहरुमा निकै भाइरल बनिरहेका छन् ।
यो ब्ल्याक एण्ड व्हाइट फोटोशूटमा करीना निकै सुन्दर देखिएकी छिन । यि फोटोशुटमा करीना कपूरको बेबी बम्प स्पष्ट देखिएको छ ।
हालैमा लेक्मे फेशन वीकमा करीनाले भावुक हुँदै भनेकी थिइन् कि यो वाक उनका लागी यादगार रहनेछ किनकी पहिलो पटक उनले आफ्नो हुनेवाला बच्चाको लागी र्या म्पमा वाक गरेकी थिइन् । करीनाले भनेकी थिइन, ‘‘यो कोही एक होइन्…हामी दुई हौं । यो निकै यादगार क्षण हो । मैले यसभन्दा अगाडी कहिले पनि सब्यसाचीको लागी र्यारम्प वाक गरेकी थिइन् । तर यो क्षण मेरो लागी निकै विशेष छ ।’’