बलीउड अभिनेत्री श्रीदेवीकी जेठी छोरी जाहन्वी कपूरको केही प्राइभेट तस्बिरहरु हालै इन्टरनेटमा भाइरल बनेका छन् । जाहन्वी एक यूवकसँग चुम्बन गर्दै गरेको तस्बिरमा देख्न सकिन्छ । व्वायफ्रेण्ड शिखर पहरियासँग उनी चुम्बन गरिरहेकी मिडियाहरुको दाबी छ । भारतीय मिडियाहरुका अनुसार शिखर पोलिटिशियन र एक्स-यूनियन मिनिस्टर सुशील कुमार शिन्देका नाती हुन् । केही महिना अगाडी उनका भाई वीर पहरिया र सैफ अली खानकी छोरी साराको अफेयरको हल्ला बाहिर आएको थियो । १९ बर्षकी जाहन्वीले आफ्नो १९ औं जन्मदिन हालै मनाएकी छिन् । रिपोर्ट्स को खबरलाई आधार मान्ने हो भने लस एन्जिलिसको ‘द ली स्ट्रासबर्ग थिएटर एण्ड फिल्म इन्स्टीट्यूट’ मा जाहन्वीले अभिनयको प्रशिक्षण लिइरहेकी छिन् । आफ्नो १९ औं जन्मदिनको सेलिब्रेट कार्यक्रममा जाहन्वी आफ्नो परिवारबाट पर थिइन ।