आजबाट दुई नेपाली चलचित्रले एकसाथ प्रदर्शनमा आरम्भ गरेका छन् । यस बर्षको प्रतिक्षित मानिएको चलचित्र ‘पुरानो डुङ्गा’ सँग दर्शकहरुले नामै नसुनेको चलचित्र ‘मेन्टल’ ले प्रदर्शन आरम्भ गरेको छ । ‘पुरानो डुङ्गा’ का कारण मल्टिप्लेक्समा ‘मेन्टल’ ले कुनै शो पाएको छैन भने सिंगलमा पनि निकै न्यून हल पाएको छ । क्यएफएक्समा मात्रै १४ शो पाएको ‘पुरानो डुङ्गा’ को शुक्रबार र शनिबारको अग्रिम बुकिङ नै आक्रामक छ । प्राप्त जानकारी अनुसार क्यूएफएक्समा पाएको १४ शो मा ‘पुरानो डुङ्गा’ को पहिलो दिनको १० शो हाउसफुल भइसकेको छ भने शनिबारको पनि ७ शो मा दर्शकले अग्रिम बुकिङ गरिसकेका छन् । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘पुरानो डुङ्गा’ मा माओत्से गुरुङ, दयाहाङ राई, प्रियंका कार्की, मेनका प्रधान लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा रौनक विक्रम कँडेल, ओम चन्द्र रौनियार, धन बहादुर गुरुङ निर्माता रहेको चलचित्रमा बाल्मिकी पोख्रेल र अर्जुन कार्की कार्यकारी निर्माता छन् । राम बाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रमा माओत्से गुरुङको कथा छ ।
त्यस्तै यो चलचित्रसँग एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘मेन्टल’ मा प्रथम खड्का, पूजा भट्ट, सुरबिर पण्डित, रस्मि भट्ट, निर्माता सुधन धिताल, बसन्त वर्मा, ज्योति रसाईंलीलगायतका कलाकारहरुको अभिन रहेको छ । चलचित्रलाई सरोज पौडेलले निर्देशन गरेका हुन् ।
यि दुई नेपाली चलचित्रसँग बलीउडस्टार शाहरुख खान अभिनित चलचित्र ‘डियर जिन्दगी’ पनि एकसाथ प्रदर्शनमा आएको छ । आलिया भट्ट र शाहरुख खानको मुख्य भुमिका रहेको चलचित्र ‘डियर जिन्दगी’ को लडाई मल्टिप्लेक्समा चलचित्र ‘पुरानो डुङ्गा’ सँगै हेर्न लायकै हुने देखिन्छ ।