कहिले काहिँ सुन्ने गरिन्छ कि नेपाली कलाकारहरुले आफ्नो पारिश्रमिक यति लिए भनेर । कहिले छिमेकी मुलुक अर्थात बलीउडका कलाकारहरुको पारिश्रमिक यति हो भनेर । नेपाली कलाकारहरुले लिने पारिश्रमिक भन्दा कयौ बढी छ बलीउड कलाकारहरुको पारिश्रमिक । अझ अनुमान गर्नुस् त हलिउड कलाकारको एउटा फिल्मको कमाइ कति हुन सक्छ ? तपाईले कल्पना पनि गर्न सक्नु हुन्न कि एउटा हलीउड कलाकारले यत्ति महँगो पनि पारिश्रमिक लिन्छन् भनेर । त्यो पनि हलीउड अभिनेत्रीले । हलिउड अभिनेत्री जेनिफर लरेन्स एउटै फिल्मको पारिश्रमिकस्वरूप ५ अर्ब ६० करोड नेपाली रुपैयाँभन्दा धेरै लिन्छिन् । सन् २००८ मा ‘द गार्डन पार्टी’बाट हलिउडमा डेब्यु गरेकी जेनिफरको औपचारिक पढाइ भने त्यति राम्रो छैन । उनी अभिनयमै लागेकाले कलेज पनि गइनन् । ‘द हंगर गेम्स’, ‘सिल्भर लाइनिङ्स प्लेबुक’जस्ता चर्चित फिल्ममा काम गरेकी लरेन्स सन् २०१६ मा सबैभन्दा धेरै पारिश्रमिक लिने हलिउड अभिनेत्री हुन् ।