नोटबन्दीको असर अब आम मानिस र बलीउडमा मात्र होइन साउथ फिल्म इन्डस्ट्रीमा पनि देखिएको छ । हालैमा साउथका एक्टर रवि बाबूलाई पैसाको लागी एटीएमको लाइनमा देखिएको छ । चकित पार्ने कुरा त यो छ कि त्यस दौरान रवि बाबूको हातमा कुनै कुकुर विरालो होइन सुंगुर थियो । बताइदिउँ कि हालैमा टिभीका राम उर्फ गुरमीत चौधरीलाई पनि नोट एक्सचेन्ज गर्न कतारमा देखिएको थियो ।
रवि बाबूका अनुसार, ,म आजकाल जहाँ जान्छु त्यहाँ यस पिगलेटलाई साथ लिएर जान्छु । कारण यो छ कि घरमा यसको हेरविचार गर्ने कोही छैन । मसँग पेट्रोल हाल्नका लागि पनि पैसा रहेनछ । यसैले म एटीएमको अगाडि बसेँ ।,
सुंगुर लिएर बसेका रवि अगाडी भन्छन्,‘यो सुंगुर मेरो आगामी चलचित्र ‘अधिगो’को स्टार हो ।’